उतारचढाव बीच बजारमा सामान्य सुधार



काठमाडौं । निकै उतारचढावका बीच सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

इन्ट्रा डे कारोबारमा २५ सय बिन्दु पार गरेको बजार अन्तिम समयमा २.१५ अंकले बढेर परिसूचक २४८८.०९ बिन्दुमा कायम भएको छ ।

अन्तिम समयमा बजारमा सामान्य बढोत्तरी भएपनि कारोबार रकममा गिरावट आएको छ । ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा वित्त समूहको १४.०४, जलविद्युत समूहको ५२.८७, जीवन बिमा १.६२, उत्पादन तथा प्रशोधन १६०.०७, अन्य समूहको २६.६२ र ट्रेडिङ समूहको उपसूचक ६७.४५ अंकले बढेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १७.४२, विकास बैंक ३१.५८, होटल १४.०४, माइक्रोफाइनान्स २८.०८ र निर्जीबन बिमा समूहको उपसूचक ८.३५ अंकले घटेको छ ।

कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, छ्याङदी हाइड्रो, बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था, सिकलेश हाईड्रोपावर, जनउत्थान समुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु