गिरीबन्धु टी-इस्टेटबारे संसद्‍मा प्रधानमन्त्रीले के भने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको बताएका छन् ।

आइतबार विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन आग्रह गरे ।

हदभन्दा बढीका जग्गा कानुन नभइ सट्टाको काम त्यसअघि भएकाले कानुन नभइ यस्तो नगर्नू भनेपछि आफ्नो पालाको सरकारले कानुन बनाएको उनले बताए ।

‘कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ ? संसदले कानुन बनायो त्यहाँ नीतिगत भ्रष्टाचार छैन, त्यसको कार्यान्वयन हुन पाएको छैन ‘ ओलीले भने, ‘त्यतिबेला त्यो कानुन कार्यान्वयन हुनुपर्छ भनेरै बनाएको हो । अदालतले कानुनको सम्बन्धमा नीतिगत भ्रष्टाचार भनेको छैन यो अफवाह नफैलाए हुन्छ ।’

कसैलाई टी इस्टेटको नाममा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने त्यसमा आफ्नो भन्नु केही नभएको उनले बताए ।

‘कानुन नबनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ । अरु थुप्रै ठाउँमा सट्टापट्टा भएको छ । सर्त अनुसार होस् भनेर हामीले कानुन बनाएका हौँ । कसैलाई टी इस्टेटको नाममा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन । त्यसबारे अदालतको फैसला भएन र ? बेचबिखन र सट्टापट्टा भएको छैन । हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो । त्यो सर्तलाई अहिले अदालतले रोकिदियो ।’


क्लिकमान्डु