सेयर बजारमा उछाल कायमै, बैंकमा बढ्दै लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबार सुरु भएलगत्तै बजारमा देखिएको उछाल अन्तिम समयसम्म कायमै रह्यो ।

बजारमा ६१.६१ अंकले बढेर परिसूचक २४८५.९४ बिन्दु कायम भएको छ । बजारमा उछाल आउँदा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा बैंकतर्फ लगानीकर्ताको ध्यान तानिएको हो । आज बैंकिङ सहित होटल, ट्रेडिङ, अन्य समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।

३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ ।

कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीमा युनाइटेड मोदी हाईड्रोपावर कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु