जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठक विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भ्रष्टाचारी भए पनि कारबाही गर्ने बताए ।

उनले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई पनि गर्न नदिने बताए। ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ । कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’

भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने ओलीले बताए ।

उनले सहकारी ठगलाई कारबाही गर्ने बताए । ‘जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने छौं,’ उनले भने ।


क्लिकमान्डु