हाम्रो सरकार बनेपछि सेयर बजारमा उत्साह देखियो, नेप्से २७ महिनायताकै उच्च भयो: प्रधानमन्त्री



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कांग्रेस नेतृत्वमा सरकार बनेपछी सेयर बजारमा निकै उत्साह देखिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा ‌ओलीले सरकार बनेपछी अहिले सेयर बजार हरियो भएको बताए । ‘यो सरकार बनेपछि उत्साह सुरु भएको । अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ’ उनले भने ‘५० लाख भन्दा बढी लगानीकर्ता भएको सेयर बजार पछिल्लो २ सातामा ४०० अंकले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ ।’

यो सरकारप्रति जनताले देखाएको बिश्वास र भरोसाको प्रमाण भएको उनको दाबी छ । अब सेयर बजार मात्रै होइन अब देशको पुरै बजार चलायमान हुने उनको दाबी छ ।


क्लिकमान्डु