कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित



काठमाडौं । बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ यो बर्ष कामना सेवा विकास बैंकले प्राप्त गरेको छ । बैंकले बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो।

नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुशासनको हकमा उत्कृष्ठ काम गर्ने बैंकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।

बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

कामना सेवा विकास बैंक अन्र्तराष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१:२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा संजालहरु मार्फत् आफ्ना ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु