फुटपाथ बिस्तारका लागि न्युरोड लगिएको डोजर फिर्ता



काठमाडौं । न्युरोडमा फुटपाथ बिस्तारका लागि राखिएको डोजर फिर्ता भएको छ ।

साउन ४ गते दमकल अफिस अगाडि जेब्राक्रसिङमा राखिएको डोजर आज हटाइएको हो । केही वडा अध्यक्ष र वडा सदस्यहरुको सहभागीतामा स्थानीयले जेब्रा क्रसमा डोजर राखेर बाटो छेकेको भनी बिरोध गरेपछि हटाइएको हो।

स्थानीयले प्रदर्शन गरेपछि फुटपाथ बिस्तारको काम रोकिएको छ । शुक्रबार महानगर, प्रहरीसँग प्रदर्शनकारीसँग धकेलाधकेल भएको थियो ।


क्लिकमान्डु