हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ९९ करोड रुपैयाँको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनिले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । साउन २४ देखि भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेको छ । हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका शिवालय रामेछापबाट आवेदन दिन सकिनेछ ।

साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु