प्रधानमन्त्री ओलीलाई विश्वासको पक्षमा मत दिन एमालेको ह्विप जारी

399
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौतालले आइतबारको संसदमा अनिवार्य उपस्थित भई ओलीलाई विश्वासको पक्षमा मत दिन सूचनामार्फत भनेका छन्।

ओलीले आइतबार दिउँसो १ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने तय भएको छ। संसद बैठकअघि सत्ता घटक दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक आह्वान गरेको छ।