माइक्रोसफ्टको समस्याले नेपालको बैंकिङ सेवा प्रभावित



काठमाडौं । कम्प्युटरको अपरेटिङ सिस्टममा समस्या आएपछि विश्वभर विभिन्न सेवा प्रभावित भएको छ । माइक्रोसफ्टको विन्डोजमै बेलाबेला निलो स्क्रिन देखाएका कारण संसारभर नै कम्प्युटर चलेका थिएनन् । जसका कारण बैंकिङ, उडान, समाचार प्रशारण, दुरसञ्चार, सुपरमार्केट लगायत सेवा प्रभावित भएका हुन् ।

माइक्रोसफ्टका कारण नेपालमा पनि करिब ३ घन्टा बैंकिङ सेवा प्रभावित भएको छ । बिहान ११ बजेदेखि बन्द बैंकिङ सेवा करिब २ बजे खुलेको छ । बैंकहरुको कोर बैंकिङ सफ्टवेयरमा समस्या नरहे पनि माइक्रोसफ्टको सर्भर समस्याका कारण बैंकिङ सेवा अबरुद्ध भएको बैंकरहरुले बताएका छन् ।

नबिल बैंकका डीसीईओ मनोज ज्ञवालीले विश्वभर माइक्रोसफ्टमा आएको समस्याका कारण बैंकिङ कारोबार ठप्प भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।

नेपालमा विभिन्न बैंकहरुले ग्राहकलाई ढोकाबाटै फर्काउने गरेका थिए । नियमित बैंकिङ अवधिमा सेवा अबरुद्ध भएपछि केही बैंकले थप अवधि सेवा दिएका थिए ।

सो अवधिमाा इलेक्ट्रोनिक चेक क्लियरिङ, आईपीएस तथा आरटीजीएसलगायत सेवा अबरुद्ध भएका कारण ती सेवा लिन आउने ग्राहक प्रभावित भएका थिए ।

माइक्रोसफ्टमा आएको समस्याका कारण सामाजिक सञ्जालमा एप्पलको आवश्यकता महसुस भएको भनी टिप्पणी भइरहेको छ ।


क्लिकमान्डु