सूर्योदय वोमी लघुवित्तको सबै एफपीओ बिक्यो, ६ मिनेटमा मागभन्दा दोब्बर आवेदन



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन खुला भएको ६ मिनेटमा नै माग भन्दा दोब्बर बढी आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँको ४६ हजार ७२९ कित्ता सेयर निष्कासन गरेको थियो । सिडिएससीका अनुसार आवेदन खुलको ६ मिनेटमा ६ हजार २३ जनाले ९८ लाख ९८ हजार रुपैयाँको ९८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।


क्लिकमान्डु