भारतीय पर्यटकले मुक्तिनाथको क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने



काठमाडौं । भारतीय पर्यटकले मुक्तिनाथ विकास बैंकको क्यूआरमार्फत् पनि भुक्तानी गर्न पाउने भएका छन् । बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको हो । बैंकले भुक्तानी सेवा सञ्चालक फोनपे सँगको सहकार्यमा यो सेवा सुरु गरेको जनाएको छ ।

यो सेवा सुरु भएसँगै भारतीय ग्राहकले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोडस्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न पाउनेछन् । यस प्रकारको सेवाहरुले भारतीय पर्यटकहरुलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु