ईभी किन्‍न एनएमबि बैंकको सस्तो ब्याजमा ऋण



काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविस्यतर्फ योगदान दिन सक्नेछन् । साथै लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु