नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, कारोबार रकम ९ अर्ब बढी



काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन सेयर बजारमा उछाल देखिएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन र नयाँ सरकार बनेपछिको दोस्रो कारोबार दिन बजारमा हरियाली छाएको छ ।
कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ७०.१८ अंकले बढेर परिसूचक २३१०.५९ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन बजारसँगै कारोबार रकममा समेत उछाल आएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा उछाल छाएको छ ।

बैंक, विकास बैंक, जलविद्युत कम्पनी, होटल समूहका कम्पनीमा बढी आकर्षण देखिएको छ । कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब आधा दर्जन कम्पनीको कारोबारका सर्किट लेभलमा कारोबार भएको छ ।


क्लिकमान्डु