डीभी पीआरवालाले राजनीतिक नियुक्ति नपाउने



काठमाडौं । सहरी विकास अन्तर्गतका निकायमा डीभी पीआरवालाहरुले राजनीतिक नियुक्ति नपाउने भएका छन् । उपप्रधान तथा सहरी विकास मन्त्री नियुक्त भएपछि कार्यभार सम्हाल्दै प्रकाशमान सिंहले अन्य देशको स्थायी बसोबास वा नागरिकता सरह प्रमाण लिएको व्यक्ति मन्त्रालय मातहतको नियुक्तिमा अयोग्य मान्ने गरी मौजुदा कानुनी व्यवस्था परिमार्जन गर्ने कानुन मन्त्रालयको सहमतिका लागि पठाउने निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री सिंहले गरेको निर्णयअनुसार कानुनबाट सहमति प्राप्त भएपछि नियमावली संशोधनका कागि मन्त्रिपरिषद् पठाइनेछ । जसअनुसार नियुक्तिका निमित्त आवेदन दिँदाखेरी नै विदेशको नागरिकता सरह कुनै कागजात नलिएको भन्ने स्वघोषणा गर्नुपर्नेछ ।

राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनियताको सथप ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्न मन्त्रालय पुगेका सिंहले नेपालको सहरहरुलाई व्यवस्थित गर्न, आधुनिक मान्यता र जानताको चाहनाअनुसार सहर तथा सहर पूर्वाधार निर्माण गर्न काम गर्ने उद्घोष गरे ।

उनले भने, ‘निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता र जनताको अपेक्षा अनुसार काम गर्नेछु, जनतालाई राहत महसुस गराउनमा जोड दिइनेछ ।’


क्लिकमान्डु