देशका ६ स्थानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका-१, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका-६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालय रहेका छन् ।

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका-१० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।


क्लिकमान्डु