सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज हालसम्मकै सबैभन्दा महँगोमा कारोबार भइरहेको हो ।

सोमबार सुन प्रतितोला एक लाख ४६ हजार ९ सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रूपैयाँ बढी हो । यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

उक्त दिन सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो।

आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


क्लिकमान्डु