७२ घण्टाभित्र नयाँ सरकार बनाउन राष्ट्रपतिले दिए समय, धारा ७६ (२) अनुसार दाबी पेश गर्न आह्वान




काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अविश्वासको प्रस्ताव स्वीकृत भएलगत्तै ७२ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।
यो आह्वान अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।


क्लिकमान्डु