राष्ट्रपति पौडेलले दाहाललाई तोके कामचलाउ सरकारको प्रधानमन्त्री



काठमाडौं । विश्वासको मत नपाएका पुष्पकमल दाहाललाई राष्ट्रपतिले रामचन्द्र पौडेलले कामचलाउ सरकारको प्रधानमन्त्रीको रुपमा काम गर्न तोकेका छन् । संविधानको धारा ७६ (२) बमोजिम २०७९ पेस १० गते प्रधानमन्त्री नियुक्त दाहालले शुक्रबार धारा १००(२) बमोजिम विश्वासको मत नपाएपछि अर्को सरकार गठन नहुञ्जेलसम्म यही मन्त्रिपरिषद्ले काम गर्ने गरी तोकेका हुन् ।

संविधानको धारा ७७ (३) बमोजिम दाहाल कामचलाउ सरकारको प्रधानमन्त्रीका रुपमा काम गर्नेछन् । राष्ट्रपतिको यो पत्रसँगै नयाँ सरकार गठन गर्ने बाटो पनि खुलेको छ ।


क्लिकमान्डु