मःमःको अचारमा गन्ध आएपछि बर्गर हाउसलाई महानगरले तिरायो २ लाख जरिवाना



काठमाडौं । गन्ध भएको अस्वस्थ्यकर अचार पठाएपछि काठमाडौं महानगरपालिकाले वर्गर हाउसलाई २ लाख जरिवाना गरेको छ ।

कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।

अनलाइनबाट मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको हो ।

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

‘चमेना गृहबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो’ निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधी न्यौपाने भने ।


क्लिकमान्डु