सेयर धितोमा जाने कर्जा १४.२ प्रतिशतले बढ्यो, करोडमाथी कर्जा लिने धेरै



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा १४.२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले घटेको थियो ।

११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यो अवधिमा बैंकबाट धितोमा जाने कर्जा १४.२ प्रतिशतले बढेर ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

जेठ मसान्तसम्म सेयर धितोमा ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तमा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म १ करोड भन्दा बढीको कर्जा २०.४ प्रतिशतले बढेर ५३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अुनसार ५० लाख देखि १ करोडसम्म जाने कर्जा ०.७ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड २२ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

केन्द्रीय बैंकका अनुसार २५ लाखदेखि ५० लाखसम्म जाने सेयर धितोकर्ता १०.६ प्रतिशतले बढेर १४ अर्ब १३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै २५ लाख रुपैयाँसम्म जाने धितोकर्जा ३.३ प्रतिशतले बढेर ७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्म ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

राष्ट बैंकले सेयर धितोमा लगाएको ४, १२ करोडको नितिलाई संशोधन गरेर १५, २० करोड पुर्याएसँगै सेयर धितोमा जाने कर्जामा १ करोड भन्दामाथीको कर्जा बढेको छ ।


क्लिकमान्डु