नविल बैंकको वार्षिकोत्सवमा ‘द नविल ढुक्क घर कर्जा’ योजना



काठमाडौं । नविल बैंकले ४१ औँ वर्षमा प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार वार्षिकोत्सव समारोहमा बैंकले ७ वर्षे योजना घोषणा गरेको हो ।

यस योजना अन्तर्गत कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरिएको छ । नयाँ योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर समेत ल्याएको छ ।

जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिइने भएको छ । साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

कार्यक्रम बोल्दै नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंकका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए ।

यस्तै उनले बैंकहरु जिम्मेवार भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएको पनि बताएका थिए । ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो,सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने बताएका थिए ।


क्लिकमान्डु