त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा सर्प देखिएपछि…



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) मा सर्प देखिएपछि विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ ।

शुक्रबार दिँउसो उडानका लागि धावनमार्गमा पुगेका पाइटलले सर्प देखेपछी १२ बजेर ३० मिनेटदेखि १२.३४ सम्म विमानस्थल बन्द भएको स्रोतले जानकारी दियो ।

विमान उडानका लागि रनवेमा पुगेका पाइलटले सर्पदेखेपछि टावरलाई जानकारी दिएका थिए ।

त्यसपछि टावरले ४ मिनेट उडान र अवतरण बन्द गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि गत बैशाख २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पानी पसेको थियो ।


क्लिकमान्डु