बुध्द एयरको जहाज भैरहवा विमानस्थलको धावनमार्गमा चिप्लियो



काठमाडौं । बुध्द एयरको जहाज धानगमार्ग छेउमा फसेका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बुध्द एयरको जहाज धानमार्गबाट चिप्पिएको र उक्त जहाज हिजो साँझदेखि शुक्रबार विहानसम्म निकाल्न नसिकएका कारण उडान अवतरण नभएको भैरहवा विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार जहाज धावनमार्ग छेउमा फसेको छ । उक्त जहजाको पछाडिको एउटा टायर पञ्चर भएर बसेकोले उक्त जहाज ननिकाल्दासम्म उडान अवतरण हुन नसकेको हो ।

यद्यपी जहाज धावनगर्माबाट केही पर भएको र अरु जहाज उडान गर्न पुग्ने भएकोले उक्तजहाज निकाल्न ढिलो हुने अवस्थामा अरु जहाजहरुको लागि उडान खुला गर्न सकिने भएकाेले तयारी भइरहेकाे पनि उनले बताए । सकेसम्म धावनमार्ग नजिक भएको बुध्दको उक्त जहाज निकालेर मात्रै उडानको प्रयास हुने भएको छ ।

काठमाडौबाट भैरहवा गएको बुध्द एयरको जहाज विहीाबार साँझ धावनमार्गमा चिप्लिएको थियो । बिहीबार बेलुका काठमाडौबाट भैरहवा उडेको बुध्दको कल साइन ८०५ को विमान धावनमार्ग बाट चिप्लिएको भैरहवा विमानस्थलका कार्यालयले जानकारी दिएको छ ।

जहाज ठूलो क्षति नभएको र यात्रु सकुशल रहेको पनि छन् । पानीले धावनमार्ग चिप्लो हुँदा विमा चिप्लिएको विमानस्थल कार्यालयको भनाइ छ । अहिले पनि पानी परिरहेकोले जहाजलाई निकाल्न गाह्रो भइरहेको पनि विमानस्थल कार्यालयको भनाइ छ


क्लिकमान्डु