११ महिनामा सवा १३ खर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । यो वर्ष ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।

११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ जना रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ जना र २ लाख ६० हजार २६२ जना रहेको थियो ।

यो अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु