धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अर्बौंको खेल भयोः सांसद दाहाल



काठमाडौं । सांसद लेखनाथ दाहालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्बौैको खेल भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अर्बौको खेल भएको र त्यसको असर सरकार गठबन्धनमा समेत परेको हो ? भन्दै प्रश्न गरे ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा लामो समय बिबाद भयो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसक्दा माओवादीसँग सहकार्य टुटेको हो ? उनले प्रश्न गरे, ‘अर्बौको कमिशनसँग केन्द्रीत र धितोपत्र बोर्डको अध्यक्षका विषयमा लामो छलफल भएर निर्णय प्रकृयामा पुग्न सकिएन ।’


क्लिकमान्डु