सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त



ज्ञवालीको अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसहित बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव छ ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । आसार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सोही मितिबाट लागू हुने गरी बैंकको संचालकमा नियुक्त गरेको हो ।

नवनियुक्त संचालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशकको अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्त्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशल प्रदर्शन गरिसकेका छन् ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ करिअर सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीले अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव पनि लिएका छन् । ज्ञवाली यसअघि पनि यस बैंकको संचालकमा रहिसकेका थिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १ सय ९४ वटा शाखा, १ सय ५७ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु