सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आइतबारका लागि भने एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।


क्लिकमान्डु