भोटेकोशी जलविद्युत स्ल्याबमामा फसेर बेपत्ता भएका दुई मजदूरको शब फेला, ११ घाइते



काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् । जिल्ला प्रहरी सिन्धुपाल्चोकको तथ्यांकअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसीम निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेकको ढलान भत्किदा ३ जना बेपत्ता भएका थिए ।

ढलान भत्किदा फसेका १० जना मजदुरमध्ये ७ जनाको उद्धार गरिएको थियो । इलेक्ट्रिक हाइड्रोपावरले ४० मेगावाटको भोटेकोसी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको इन्टेकको ढलान भत्किएको हो ।


क्लिकमान्डु