गुण एयरलाइन्सको इजाजत नवीकरण गर्न प्राधिकरणको सिफारिश



काठमाडौं । गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिश गरेको छ । प्राधिकरणले गुण एयरलाइन्सको करिब २ महिना अगाडि सकिएको इजाजतपत्र नवीरण गर्न मन्त्रालयलाई सिफारिश गरेको हो।

मन्त्रालयले मागेको रायका आधारमा प्राधिकरणले गुण एयरलाइन्सको बक्यौता नरहेको, जहाज उपलब्ध भएकोले इजाजतपत्र नवीकरण गरिदिन सिफारिश गरेको छ । प्राधिकरणको सिफारिशपछि अब आइतबार गुण एयरलाइन्सले इजाजतपत्रको नवीकरण गर्न पर्यटन मन्त्रालयमा निवेदन दिने भएको छ ।

गुण एयरलाइन्सले गत साता मात्रै उड्डयन प्राधिरकणलाई तिर्नुपर्ने बक्यौता तिरेका कारण यसकालाई इजाजतपत्र नवीकरण गर्न र एओसी नवीकरण गरेर जहाज उडाउने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको हो । प्राधिकरणलाई गुणले ६ करोड ७३ लाख तिरेको छ । उक्त रकम तिरेपछि गुणलाई प्राधिकरणले पुनः उडान गर्न सहजीकरण गरेको हो ।

गुण एयरलाइन्ससँग ७ वटा जहाज छन् । यो वायुसेवासँग जेटस्ट्रीम नामका ५ वटा र बीचक्राफ्ट नामक २ वटा जहाज छन् ।


क्लिकमान्डु