अडानी ग्रुप र हिन्डनबर्गको विवाद अब के हुन्छ ?



विश्वकै सर्वाधिक दोस्रो धनी बनेका भारतीय उद्यमी गौतम अडानी अमेरिकी ‘सर्ट सेलर’ कम्पनी हिन्डनबर्गसँगको विवादपछि कसरी केही दिनमै २० जनाको सूचीबाट बाहिरिन पुगे ? भारतीय नियामक निकायले हिन्डनबर्गलाई कारण देखाऊ सूचना जारी गरे पनि हिन्डनबर्गले जवाफ दिन इन्कार गरेको छ

एजेन्सी । भारतका अर्बपति उद्यमी गौतम अडानीको कम्पनी अडानी ग्रुप र अमेरिकी ‘सर्ट सेलर’ कम्पनी हिन्डनबर्ग रिसर्चबीच एक वर्षदेखिको विवाद नयाँ मोडमा पुगेको छ ।

हालै भारतको सुरक्षा तथा विनिमय सम्बन्धी बोर्डले अमेरिकी कम्पनी हिन्डनबर्ग रिसर्चलाई कारण देखाऊ सूचना दिएको छ । ४६ पृष्ठ लामो कारण देखाऊ सूचना हिन्डनबर्गले आफ्नो वेबसाइटमा पोस्ट गर्दै विनिमय बोर्डले लगाएका आरोप अस्विकार गरेको छ ।

हिन्डनबर्गले पहिले नै अडानी ग्रुपमाथि सेयरहरुमा हेराफेरी र वित्तीय अनियमितता गरेको आरोप लगाउँदै एक रिपोर्ट जारी गरेको थियो । जवकि अडानी ग्रुपले हिन्डनबर्गको आरोप पनि इन्कार गरेको थियो । यही मामिलामा अमेरिकी कम्पनी हिन्डनबर्गलाई भारतीय नियामक निकायले कारण देखाऊ सूचना जारी गरेको छ ।

हिन्डनबर्गले उक्त सूचनालाई बेतुकको र पूर्वनिर्धारित उद्देश्य पूर्ति गर्न तयार पारिएको भन्दै आफूमाथिको आरोपको खण्डन गरेको छ । साथै भारतमा सबैभन्दा शक्तिशाली मानिसबाट भएको भ्रष्टाचार र ठगीको उजागर गर्नेहरुको मुख थुन्ने वा डराउने प्रयास भन्दै भारतीय नियामक निकायको सूचनालाई ठाडो इन्कार गरेको छ । तर उक्त कम्पनीले कारण देखाऊ सूचनाबाट केही प्रश्नहरुको समाधान भएको पनि उल्लेख गरेको छ ।

के छ भारतीय विनिमय बोर्डको सूचनामा ?

भारतीय नियामक निकाय सुरक्षा तथा विनिमय बोर्डको कारण देखाऊ सूचनामा भनिएको छ, ‘के हिन्डनबर्गले अडानीलाई नोक्सान पुर्‍याउनका लागि दर्जनौं कम्पनीहरुको साथ काम गरेको थियो । जसबाट करोडौं डलर कमाइ गरेको छ ।’

यस्तै सूचनामा भनिएको छ, ‘अडानीमा हाम्रो काम वा व्यक्तिगत सुरक्षाको दृष्टिकोणले कहिल्यै पनि उचित थिएन । तर हामीले अहिलेसम्म जे काम गर्‍यौं यसमा हामीलाई गर्व छ ।’

सूचनाबारे हिन्डनबर्गको जवाफ

हिन्डनबरगले आफ्नो वबसाइटमा उल्लेख गरे अनुसार भारतीय नियामक निकायबाट २७ जुनमा हिन्डनबर्गले एक इमेल पाएको थियो । पछि एक कारण देखाऊ सूचना पनि पठाइएको हि्डनबर्गले जनाएको छ । जसमा भारतीय वित्तीय नियमहरुको उल्लंघन गरेको उल्लेख थियो । कम्पनीले भनेको छ,’आजसम्म हामीले लगाएको आरोपको अडानी ग्रुपले जवाफ दिन सकिरहेको छैन । यसैकारण उसले हामीले उठाएका हरेक प्रमुख मुद्दालाई नजरअन्दाज गर्दै जवाफ दियो । र पछि मिडियामा लगाइएका आरोको खनडन गरेको छ ।’

जनवरी २०२३ मा हिन्डनबर्गले अडानी ग्रुपमाथि एक रिपोर्ट जारी गर्दै तहल्का मच्चाएको थियो । उक्त रिपोर्टमा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीका भाइ विनोद अडनी र निकटका सहयोगीहरुले सेल कम्पनीहरु बनाएर एक कडा हेराफरीगरेको प्रमाण सार्वजनिक गरिएको थियो । यस्तै उक्त रिपोर्टमा यी संस्थाहरुको माध्यमबाट अर्बौं रुपैयाँ चोरी तथा लुकाइछिपाइ गरेर अडानीका संस्थाहरुमा कसरी भित्र्याइयो र बाहिर कसरी पठाइयो भन्ने बारेमा विस्तृत प्रमाण थियो ।

हिन्डनबर्गले अडानी समूहमा सेयरको मूल्यमा हेराफेरी तथा वित्तीय अनियमितता गरेको पनि आरोप लगाउँदै रिपोर्ट सार्वनिक गरेको थियो । तयसबेला अडानी ग्रुपले भने आफूमाथिका सबै आरोप इन्कार गरेको थियो । उक्त मुद्दा अदालतमा पुगेर अदालतको फैसला पनि अडानीको पक्षमै आयो । न्यायाधीशहरुले फैसला सुनाउँदै अतिरिक्त छानबिनको आवश्यकता नरहेको बताए ।

जवकि उक्त रिपोर्ट आएपछि अडानी समूहको सेयरमा १५० अर्ब डलरभन्दा बढीले बिक्री भएको थियो । यसको असर कतिसम्म पर्‍यो भने विश्वकै दोस्रो धनी व्यक्तिको रुपमा चिनिएका भारतीय उद्यमी गौतम अडानी केही दिनको अवधिमै विश्वका २० जना धनीहरुको सूचीमा पनि अटाउन सकेनन् । सर्वाधिक धनीको सूचीमा परेपछि यति छोटो समयमा उनी यसरी खस्किएको पहिलो पटक थियो । साथै अडानी ग्रुपले अकल्पनीय नोक्सानको सामना गर्नुपरेको थियो ।


क्लिकमान्डु