मणिपाल अस्पताललाई राजस्व छुटः अख्तियारले हान्यो पोखरा महानगरमा छापा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकामा छापा हानेको छ ।

महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै आयोगले छापा हानेको बताइएको छ । आयोगले मंगलबार छापा हान्ने क्रममा मणिपाल शिक्षण अस्पतालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मंगलबार मध्यान्न महानगरमा पुगेको आयोगको टोलीले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका कागजात नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिकामा धनराज आचार्य मेयर रहेका छन् । उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् ।


क्लिकमान्डु