आज एकै दिन तोलामा २७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकै दिन २७ सय रुपैयाँले घटेको छ ।

शुक्रबारको तुलनामा सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुन १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा मा कारोबार भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु