यी हुन् २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका १० वाणिज्य बैंक



काठमाडौं । सेयर बजारमा उतार चढाव आइरहँदा दोस्रो बजारमा सूचीकृत केही कम्पनीको सेयर मूल्य करिब साधारण सेयर (आईपीओ) कै हाराहारीमा आईपुगेको छ ।

सेयर मूल्य कम हुनेमा वाणिज्य बैंक समेत रहेका छन् । बजार बढ्न नसकेको कारण वाणिज्य बैंकको सेयर मूल्य पनि घटेर करिब आईपीओकै मूल्य नजिक आईपुगेका हुन् । दीर्घकालीन रुपमा सेयर बजारमा सुरक्षित लगानी गर्ने हो भने बैंकिङ क्षेत्रलाई मानिन्छ । किनकि बैंकिङ क्षेत्रमा गरेको लगानी डुब्दैन भन्ने आम लगानीकर्ताको बुझाइ छ ।

तर, हाल बजारमा आएको उतार चढावले सुरक्षित भनिएको केही बैंकको सेयर मुल्य करिब अंकित मूल्य नजिक आईपुगेको छ ।

नेपाल स्टक नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमा १० वटा बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम रहेको छ । सबैभन्दा कम सेयर मूल्य हुनेमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको सेयर मूल्य प्रतिकित्ता १३७ रुपैयाँ रहेको छ ।

यसैगरि, प्राइम बैंकको सेयर मूल्य प्रति कित्ता १९८ रुपैयाँ रहेको छ भने एनएमबि बैंकको सेयर मूल्य प्रति कित्ता १९१ रुपैयाँ, ग्लोबल आइएमई बैंकको सेयर मूल्य प्रति कित्ता १७७ रुपैयाँ, हिमालयन बैंकको सेयर मूल्य प्रति कित्ता १७७ रुपैयाँ, माच्छापुछ्रे बैंकको सेयर मूल्य प्रति कित्ता १६९ रुपैयाँ, सिटिजन्स बैंकको सेयर मूल्य प्रति कित्ता १६४ रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य प्रति कित्ता १५५ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको सेयर मूल्य प्रति कित्ता १५४ रुपैयाँ र प्रभु बैंकको सेयर मूल्य प्रति कित्ता १४१ रुपैयाँ रहेको छ ।

कम मूल्यका सेयरमा लगानी गर्न चाहनेका लागि यी बैंकहरुका सेयर बिकल्प बन्न सक्छ ।


क्लिकमान्डु