सिमेन्ट उद्योगलाई ६ महिनाको म्याद दिन सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको बताए ।

उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताए । उनले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिए ।

सभापति खानले यसो भने

सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरु राख्नुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरुलाई नियमित एंव सुचारु रुपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरु बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न र खानी तथा खनिज पदार्थ नियमावली २०५६ लाई यथासिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खन्नका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्ने ।


क्लिकमान्डु