कृषि विकास बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा



काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी परेपछी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको नगरपालिकाका प्रवक्ता कृष्णहरी आचार्यले बताए ।

सहकारीको मध्यपुर थिमि नगरपालिका वडा ३ स्थित गठ्ठाघरमा रहेको छ । नगरपालिका र र बचतकर्ता राखेर बचत फिर्ता गराउन पटक पटक छलफल समेत गरेको थियो ।

सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको बचत फिर्ता नगरेपछी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ । अब व्यवस्थापन समितिमार्फत थप कारबाही अगाडि बढाउने र बचतकर्ताको बचत फिर्ता गराउने जनाएको छ ।

नगरपालिकाले सहकारीको नाममा रहेको सम्पत्ति रोक्का गरेको छ ।


क्लिकमान्डु