सेबोनमा अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भयो, चैतमा पाकेको खिचडी अब भाग लगाउनुः सांसद ढकाल



काठमाडौं । सांसद हरी ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा २२ अर्ब सम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताएका छन् ।

सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२ लाख लगानीकर्ता रहेको २२ अर्ब सम्म कारोबार भएको पुँजी बजार प्रभावित भएको बताएका हुन् । प्रनितिधि सभाको शुन्य समयमा सांसद ढकालले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि चैत २५ गते पाकेको खिचडी भाग लगाउनु पर्ने बेला भएको भन्दै व्यङ्ग्य गरे ।

‘माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्ष नियुक्त गर्न सिफारिस समिति बनाउँछ । फागुन १६ गते आवेदन माग गरेपछि १९ जनाको आवेदन परेको छ । चैत २५ गते ५ जनाको नाम सिफारिस हुन्छ । २५ गते पाकेको खिचडी अब भाग लगाउने बेला भयो होला नी’ उनले प्रश्न गरे ‘कति समय लागेको पाकेको खिचडी भाग लगाउन ? बोर्डमा तुरुन्तै अध्यक्ष नियुक्ती गरे हुने हो की ?’


क्लिकमान्डु