आफैंले रोजेको नम्बर लिन मिल्ने एनसेलको नयाँ अफर



काठमाडौं । के तपाइँले सुरुमा मोबाइल नम्बर लिँदा आफैंले रोजेको नम्बर पाउनुभयो ? मोबाइल नम्बर लिने क्रममा आम उपभोक्ताको एउटा सामान्य रोजाइ के हुन्छ भने, आफ्नो मोबाइल नम्बर लक्की नम्बर होस् । वा नम्बर सम्झन सजिलो होस् । या त कुनै विशेष नम्बर होस् ।

एनसेलले आम उपभोक्ताको यस्तै रोजाइ र रुचीलाई लक्षित गर्दै ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत अब तपाईंले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नुहुन्छ । चाहे त्यो तपाइँको जन्मदिन होस्, आफ्नो प्रिय मान्छेलाई पहिलो पटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बर बनाउन सक्नुहुन्छ ।

यससँगै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्नुहुन्छ । उदाहरणका लागि, श्रीमानले अन्तिमको ६ अंक …४२० भएको नम्बर लिन सक्छन् भने श्रीमतिले त्यसलगत्तै आउने नम्बर …४२१ नम्बर लिन सक्छन् ।

यस योजना अनुरुप तपाइँको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । तर सधैँ अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफैं रोजेर आफ्नो युनिक मोबाइल नम्बर बनाउन सक्छन् ।

यसका लागि ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् ।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यस योजनाको प्रमुख विषेशता हो ।

यस योजना अन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्न ९ लाखभन्दा बढी मोबाइल नम्बरहरू उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भका आधारमा उपलब्ध नम्बरहरु वितरण गर्ने जनाएको छ । यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १ हजार ४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ ।


क्लिकमान्डु