तोलामा १६ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको थियो ।


क्लिकमान्डु