नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म हुने, बुकिङ खुला



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएस अफ नेपालको आयोजनामा ‘ नाडा अटो शो २०२४’  भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ।

नाडाले एक सूचना जारी गरेर अटो शो का लागि बुकिङ खुला गरेको छ । बुकिङका लागि ७ दिनको समय दिएको छ । जेठ ३१ गतेदेखि असार ६ गतेसम्म स्टक बुकिङ गर्न सकिनेछ । नाडाका सदस्यहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।  तोकिएको समयमा परेका आवेदनहरु लक्की ड्र मार्फत स्टलका लागि छनोट हुनेछन् ।

सोमबार बसेको नाडाको कार्य समिति बैठकले भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो सञ्चालन गर्ने निर्णय गरेको हो । नाडाले प्रत्येक वर्ष अटो शो आयोजना गर्छ ।

अटो शो मा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

नाडा ‘अटो शो’ अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुन्छन् ।

यो पटकको अटो शो मा ६८ ब्राण्ड सहभागी हुने नाडाको अनुमान छ ।


क्लिकमान्डु