सेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्दै



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने निकै बढेको छ ।
बजार मापन गर्ने सूचक ६.३७ अंकले बढेर परिसूचक २१२१.६२ बिन्दु कायम भएको छ ।

३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ९.३१, विकास बैंक ४.५७, वित्त २३.८०, जीवन बीमा १८.११, उत्पादन तथा प्रशोधन ४०.२५ माइक्रोफाइनान्स ४१.२७, अन्य समूहको ५.६० अंकले घटेको छ ।

कारोबारमा होटल ९.९२, जलविद्युत १६.९२, निर्जीबन बिमा समूहको ५३.२०, ट्रेडिङ समूहको उपसूचक १०.८४ अंकले घटेको छ । कारोबारमा ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ ।

कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन समृद्ध फाइनान्स, मिड सोलू हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन साधाना लघुवित्त, ग्रिनलाईफ हाईड्रोपावरको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु