विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित १० जनाको मृत्यु



एजेन्सी । अफ्रिकी मुलुक मलावीमा भएको बिमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सोमबार भएको सैन्य बिमान दुर्घटनामा मलावीका उपराष्ट्रपति डा. साउलोस चिलिमासहित अन्य ९ जनाले ज्यान गुमाएका हुन् ।

मलावीका राष्ट्रपति लाजारूस चक्वेराले बिमानमा सवार दश जना नै जिवित नरहेको पुष्टि गरे । अलजाजिराले बिमानमा ५१ वर्षिय चिलिमा र उनकी पत्नीसमेत ७ यात्रु र ३ सैन्य दलका सदस्य रहेको बताएको छ ।

राजधानी लिलोङ्वेबाट म्जुजुका लागि उडेको बिमान दुर्घटनामा परेको हो ।

उद्दार टोलिले मंलबारमात्र दुर्घटनाग्रस्त बिमान फेला पारेका थिए । खराब मौसमका कारण सोमबार उद्दार हुन सकेको थिएन ।


क्लिकमान्डु