प्रधानमन्त्रीले प्रतिवद्धता गरिसक्नुभयो पर्यटन क्षेत्रको अनावस्यक भ्याट र कर हटाइन्छ: पर्यटन मन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने बताएका छन् ।

शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स ( नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभालाई संबोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पुर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाइएको बताए ।

उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाण्डौँ उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पुर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाईएको बताए ।

‘हाम्रो हवाई तथा भु यातायात सहज छैन पर्यटकहरुका लागि , त्यसैले यो पुर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ । साथै , जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिशाबले पनि सोच्नु पर्छ’ मन्त्री तामाङले भने ।

उनले अन्य देशमा जसरी पर्यटकहरुको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समिक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए ।

विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी बर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नु पर्नेमा जोड दिए ।


क्लिकमान्डु