पुँजीगत लाभकरमा तिब्र उतारचढाव: वैशाखसम्म ४ अर्ब बढी उठ्यो, ५ वर्षमा कहिले उठ्यो ?



काठमाडौं । सेयर बजारबाट राज्यले आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।

धितोपत्र बोर्डका अनुसार धितोपत्र बजार मार्फत सरकारलाई उल्लेख्य रकम पुँजीगत लाभकर वापत प्राप्त भइरहेको छ ।
विगत ५ वर्षको तथ्याङ हेर्दा पुँजीगत लाभकर निकै बढी रहेको छ ।

आव २०७२/७३ मा १ अर्ब ३९ करोड पुँजीगत लाभकर र आव २०७३/७४ मा १ अर्व ४५ करोड पुँजीगत लाभकर सरकारे पाएको छ ।

दुई आर्थिक वर्षमा पुँजीगत लाभकर घटी आव २०७४/७५ मा ४७ करोड र आव २०७५/७६ मा सरकारले ६४ करोड मात्र पुँजीगत लाभकर पाएको थियो । त्यसैगरी आव २०७६/७७ मा सरकारले ९८ करोड ४८ लाख रुपैयाँ राजस्वमा पाएको छ ।

यस्तै आव २०७७/७८ मा उक्त रकममा उल्लेखनीय वृद्धि भै १५ अर्ब ५३ करोड १६ लाख पुगेको थियो । आव २०६८/६९ को असार मसान्तसम्म ११ अर्ब ४० करोड ८५ लाख रकम राजस्वमा योगदान भएको छ । आव २०७९/८० को अन्त्यसम्म ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व सरकारले पाएको छ ।


क्लिकमान्डु