सुनको मूल्य आज पनि बढेर बन्यो ‘रेकर्ड’, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो पछिल्लो सबैभन्दा महँगो मूल्यभन्दा १ हजार रुपैयाँले बढी हो ।

बिहीबार सुनको मूल्यले रेकर्ड बनाएको थियो । बिहीबार सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो । आज भने त्यसमा प्रतितोला एक हजार थपिएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु