धितोपत्र बोर्डको वार्षिकोत्सवमा किन गएनन् अर्थमन्त्री वर्षमान पुन ?



काठमाडौं । धितोपत्र बोर्डले ३२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा अर्थमन्त्री वर्षमान पुनलाई आमन्त्रण गरिएको भए पनि उनी कार्यक्रममा अनुपस्थित भएका छन् ।

शुक्रबार जारी बार्षिकोत्सव कार्यक्रममा उनी अनुपस्थित भएका हुन् ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको कार्यक्रममा अर्थमन्त्री उपस्थित नभएपछि बोर्डका कर्मचारीले मन्त्रीले कार्यक्रम बहिस्कार गरेको हुन सक्ने बताए ।

सरकारलाई सुझाव दिने निकायको रुपमा बोर्डलाई पनि लिइन्छ । लामो समयसम्म पनि सरकारले बोर्डमा अध्यक्ष पठाउन सकेको छैन । कर्पोरेट वारको सिकार बनेको बोर्डमा पुस तेस्रो सातादेखि रिक्त रहेको अध्यक्ष नियुक्त गर्ने कार्य अन्तिम चरणमा पुगे पनि चैत अन्तिम साता मन्त्री पुनले अध्यक्ष नियुक्त प्रकृया रोकेका छन् ।

अन्तर्वार्ताका लागि तयार रहेका ५ जनाको अन्तर्वार्ता रोकेर अहिले मन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानालाई अध्यक्ष बनाएर बोर्डमा पठाइएको छ । यसले बोर्ड मन्त्रालयको महाशाखा जस्तो भएको कर्मचारी वृत्तमा चर्चा छ।

कार्यक्रममा मन्त्री पुन मात्र होइन बोर्डका पूर्वअध्यक्षहरु तथा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी समेत उपस्थित भएनन् ।


क्लिकमान्डु