अमेरिकामा सेलिब्रेटीदेखि हाइप्रोफाइलका टिकटकमा साइबर आक्रमण



एजेन्सी । अमेरिकामा थुप्रै सेलिब्रेटी र ब्रान्डहरुका टिकटक एकाउन्ट ह्याक गर्ने उद्देश्यले भएका साइबर अट्याकहरुमाथि टिकटकले कदम चाल्ने बताएको छ ।

जवकि हलिउड सेलिब्रेटी पेरिस हिल्टनदेखि सीएनएनसम्मका टिकटक एकाउन्ट ह्याक गर्ने उद्देश्यले साइबर अट्याक भएका समाचार बाहिरिँदा टिकटकले यस्तो जनाएको हो ।

सोसल भिडियो एप टिकटकका अनुसार सीएनएनको फिड ती हाइप्रोफाइल एकाउन्टमध्ये एक हो । ‘हामीले एकाउन्ट पहुँच स्थापित गर्न र उनीहरुको एकाउन्टलाई अगाडि बढाउन सीएनएनसँग नजिक बसेर सुरक्षात्मक उपायहरू लागू गर्न सहकार्य गर्दै आएका छौं,’ टिकटकका प्रवक्ताले भनेका छन् ।

टिकटकले पेरिस हिल्टनमाथि पनि साइबर आक्रमण भएको पुष्टि गरेको छ । यस्तै टिकटकले एसोसिएटेड प्रेसलाई पनि आक्रमण भएको सन्देश दिएको जनाएको छ । तर यसबारे उसले विस्तृत विवरण दिएको छैन ।

टिकटकले हाल साइबर आक्रमण भएका एकाउन्टमा के भइरहेको छ र ती प्रयोगकर्ताले आफ्नो पहुँच पुनर्स्थापनाका लागि कस्ता प्रयास गरेका छन् भन्ने बारे अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको विश्वप्रसिद्ध सामाजिक एप टिकटक अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने भन्दै प्रतिबन्धको सामना गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिलमा एउटा कानुन पास गरेका छन् । जुन कानुनले आगामी जनवरीको मध्यसम्म बाइटडान्सले गैरचिनियाँ संस्थालाई नबेचेको खण्डमा देशभर टिकटकमाथि प्रतिबन्ध लगाउने छ । टिकटक भने विश्वभर लोकप्रिय छ । अमेरिकामा मात्रै १७ करोड मानिस टिकटकका प्रयोगकर्ता छन् ।


क्लिकमान्डु