सेयर बजारमा सामान्य गिरावट, १५८ कम्पनीको मूल्य घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.५८ अंकले घटेर परिसूचक २०७९.७१ बिन्दु कायम भएको छ ।

३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ ।

कारोबारमा माइक्रोफाइनान्स समूहको ६०.०७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २८.०६ अंकले बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल, जलविद्युत, निर्जीबन बिमा, निर्जीबन बिमा २६.२२, अन्य ११.२६, ट्रेडिङ समूहको उपसूचक ३१.२५ अंकले घटेको छ । कारोबारमा भगवती हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मनकामना स्मार्ट लघुवित्त, माई खोला हाईड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै अप्पर लोहर खोला हाईड्रोपावर, रसुवागढी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सीईडिबी हाईड्रोपावर र सानिमा माई हाईड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु