बनेपामा दुई यातायात सेवाका कर्मचारीबीच ट्राफिककै अगाडि कुटाकुट (भिडियो)



बनेपा । काभ्रेको बनेपामा दुई यातायात सेवाका कर्मचारीबीच कुटाकुट भएको छ । बनेपामा अरनिको यातायात सेवा प्रालि र हिमाल–तराई यातायात सेवा प्रालि र कर्मचारीहरुबीच कुटाकुट भएको हो ।

अरनिको यातायातले सडकमा बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । त्यसक्रममा क्रममा दुई पक्षका कर्मचारीबीच कुटाकुट भएको थियो ।

सवारी खुलाउन पुगेका ट्राफिक प्रहरी अगाडि उनीहरुबीच हातहालाहाल भएपछि प्रहरीले छुट्याएको थियो ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले बिरोध गर्दै आएका छन् ।

यसअघि मंगलबार ओखलढुंगा र काठमाडौंमा पनि बिबाद भएको थियो । बिबादपछि अरनिकोका व्यवसायी र कर्मचारीले सडमा गाडी तेर्स्याएपछि अवस्था असामान्य बनेको थियो ।


क्लिकमान्डु