सेयर बजारमा गिरावट, माइक्रोफाइनान्स बाहेक सबै राताम्मे



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

कारोबारको सुरुमा नै केही समय बढेको बजार अन्तिम समयसम्म टिक्न सकेन । बजार मापन गर्ने सूचक ३.९७ अंकले घटेर परिसूचक २०७९.०७ बिन्दु कायम भएको छ ।

३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको घटेको छ ।

कारोबारमा माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको उपसूचक १०६.७९ अंकले बढेको छ । बाँकी सबै घटेको छ ।


क्लिकमान्डु